स्थानीय निकाय र सहकारीहरुको संयुक्त आयोजनामा भैरहवामा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइयो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थानीय निकाय र सहकारीहरुको संयुक्त आयोजनामा भैरहवामा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

भैरहवा । सहकारीमा दिगोपना, स्वनियम र सुशासन भन्ने मूल नाराका साथ सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा ६६ औं राष्ट्रिय सहकारी दिवस भव्य समारोहका बिच सम्पन्न भएको छ । 

सिद्धार्थनगर नगरकार्यपालिकाकी नगर उप प्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोह सिद्धार्थनगर सहकारी सञ्जालका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । यस क्षेत्रमा संचालित करिब ३९ सहकारी संस्थाका संचालक, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा  सहकारी व्यवस्थापकहरू एव सम्पूर्ण कर्मचारीहरूको विशेष उपस्थिति सहित लुम्बिनीको प्रवेशद्वार लुम्बिनी गेटबाट प्रभात फेरीले नगर परिक्रमा गरी सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा प्रवेश गरी भव्य कार्यक्रम सम्पन्न गरियो । सो सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी बैंक लि.ले शाखा स्तरिय नियमित कारोबार तर्फ लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. सिद्धार्थनगर, र उतकृष्ट कारोबार तर्फ टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.लाई कार्यक्रमका प्रमुख अतिथी र राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखाका प्रबन्धक आलोक शिवाकोटीले प्रमाण पत्र सहित सम्मान गर्नुभएको थियो । 

सहकारी संजाल सिद्धार्थनगरका सचिव खिम बहादुर खत्रीको संचालनमा भएको सो मूल समारोह कार्यक्रममा सिद्धार्थननगर नगरपालिकाका आर्थिक संयोजक विरेन्द्रनाथ श्रीवास्तव, सिद्धार्थनगर नगरपालिकाका सहकारी अधिकृत कमलकान्त खनाल, विभिन्न वडाका वडा अध्यक्षहरू, नेपाल राष्ट्र बैंक भैरहवाका का. मु. निर्देशक जिवन पाण्डे, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली, राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रमुख आलोक शिवाकोटी, नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका प्रमुख छत्र प्रसाद धमला, जनउत्थान साकोसकी अध्यक्ष ज्ञानु पौडेल  लगायतले शुभकामना मन्तव्यका साथै वर्तमान समयमा सहकारीको दिगोपना र सुशासन कायम गर्न सबै सहकारीकर्मीहरू एकबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो । उक्त समारोहमा मूल समारोह समितिका पदाधिकारीहरूलाई सम्पूर्ण उपस्थिती सामू परिचि गराइएको र प्रभात फेरी कार्यक्रममा सहभागी सहकारी संस्थाहरूलाई सिद्धार्थनगर नगरपालिकाको तर्फबाट प्रशंसा पत्रले सम्पान  समेत गरिएको थियो ।

सिद्धार्थनगर सहकारी व्यवस्थापक क्लब गठन

सहकारी अभियानका ५०० बढी सहकारीकर्मीको उपस्थितिमा सम्पन ६६ औं राट्रिय सहकारी दिवस समारोहमा यस क्षेत्रमा रहेका सहकारी संस्थाहरूमा कार्यरत व्यास्थापकहरूको साझा मञ्चको रुपमा (Cooperative Managers Club Siddharthanagar) को तदर्थ समिति समेत गठन गरिएको थियो । लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक राम प्रसाद बरालको संयोजकत्वमा गठित ९ सदस्यीय कोअपरेटिभ म्यानेजर्स क्लब सिद्धार्थनगरको सदस्यहरूमा किसान सहकारीका कृष्ण प्रसाद न्यौपाने, त्रिशुल सहकारीकी सरिता राना, अङ्कुर सहकारीकी बिमला घिमिरे, राष्ट्रसेवक सहकारीकी प्रतिक्षा शाही, अविरल सहकारीका सुरज पोखरेल, सिद्धार्थ गौतम सहकारीका तुल बहादुर के.सी., स्वतिक महिला सहकारीकी निर्मला श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक भैरहवाका आलोक शिवकाटी सदस्य सचिव रहनु भएको छ । 

प्रमुख अतिथि सिद्धार्थनगर नगर उप प्रमुख उमा अधिकारीले सहकारी संस्थाको दिगोपना तथा हरेक संस्थामा सुशासन कायम गर्नका लागि सहकारीमा आवद्ध सम्पूर्ण शेयर सदस्यहरू नै अग्रसर भएर लाग्नु पर्ने कुरामा जोड दिनुहुदै वर्तमान समयमा केही सहकारीहरूमा देखिएको तथा आइ परेका समस्यहरूका बारेमा हरेक सहकारी संस्थाहरूले आफ्ना संस्थामा आवद्ध सदस्यहरूका निम्ति समय समयमा सहकारी शिक्षा, वित्तिय साक्षरताका साथै नियामक निकायबाट जारी निर्देशनको पूर्ण परिपालना गरी सदस्य मैत्री संस्था निर्माण गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष कुल प्रसाद न्यौपाने सहभागी सबै सहकारी संस्थाहरूलाई धन्यवाद दिनु हुदै राष्ट्रिय सहकारी बैंकबाट सम्मानित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. सिद्धार्थनगर र टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतियालाई बधाई दिनु भई सिद्धार्थनगर नगरपालिकाको सहकारी शाखाको सहयोग र सहकार्यमा यस क्षेत्रमा संचालित सहकारी संस्थाहरू एक आपसमा मिलेर सहकारी अभियानलाई अझ सक्रियता पूर्व अगाडी बढाउन जोड दिनु भई कार्यक्रम समापन गरिएको थियो ।
 
भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप