‘कृषि र पयर्टन क्षेत्रमा साकोसहरुको लगानी बढाउन नेफ्स्कून–युएसएआईडी सहकार्य’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘कृषि र पयर्टन क्षेत्रमा साकोसहरुको लगानी बढाउन नेफ्स्कून–युएसएआईडी सहकार्य’

नेपालको लागि कृषि तथा पर्यटन सीमातीत सम्भावनासहित पहिचान बोकेका क्षेत्र हुन् । समयसमयमा संकटको सान्निध्य खोज्ने पराधीन अर्थतन्त्रलाई स्वाधीन बनाउने यी सक्षम र सुलभ विकल्प हुन् । त्यसमाथि सम्भावना र पहिचानको संयोजन कम बेजोड हुँदैन । मुलुकको आत्मनिर्भर अर्थतन्त्रको उत्कट अभिलाषा पूरा गर्ने उपाय भनेको यी दुई क्षेत्रको वृद्धि र विकास नै हो । राष्ट्रिय अर्थतन्त्रको सम्वाहक सहकारी संस्थाहरुलाई विकासका यी पूर्वाधारसँग थप नजिक्याउन नेफ्स्कूनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी अन्तर्गतको ट्रेड एण्ड कम्पिटीटीभनेससँगको सहकार्यमा सदस्य साकोसहरुका सञ्चालक समिति तथा व्यवस्थापन समूहका प्रतिनिधिहरुको सहभागितामा आज एक दिवसीय कार्यशाला आयोजना गरेको हो । 

सहकारीका लागि सुरक्षित, सम्भावनायुक्त र अत्यावश्यक दुई क्षेत्रमा लगानीहरु बढाउँदै पोर्टफोलियोलाई सुरक्षित बनाउने विषयमा आज संघीय राजनधानीमा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक दर्जन साकोसका प्रतिनिधिहरुबीच छलफल भएको हो । सहकारी संस्थाहरुलाई आफ्ना ऋण लगानी नीति संशोधनमार्फत दुबै क्षेत्रको बलियो उपस्थिति खोज्ने वातावरण निर्माणमा सहजकिरण गर्न कार्यशाला आयोजना गरिएको हो । नेफ्स्कून र यूएसएआईडी अन्तर्गतको ट्रेड एण्ड कम्पिटीटीभनेस यसै वर्ष सम्पन्न सम्झौता अनुरुप यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालाको उद्देश्य सहभागी संस्थाहरुको विद्यमान ऋण लगानी नीति संशोधनमार्फत कम्तिमा एउटा कृषि र एउटा पर्यटनसम्बन्धी ऋण सेवा विकास गरी साना तथा मझौला उद्यमी सदस्यहरुलाई लाभान्वित गर्नु रहेको छ । यस प्रकारको कार्यले उद्यमशीलता प्रवर्धनमा समेत सहयोग पु¥याउने विश्वास द्धिपक्षीय साझेदारी सम्झौताले लिएको छ । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न ‘साकोसहरुका लागि ऋण लगानी नीति निर्माणसम्बन्धी कार्यशाला’ उद्घाटन कार्यक्रममा संघकी सञ्चालक गोमा नेपाल, संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, विषयविज्ञ सहजकर्ता नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा, संघका सहायक कार्यकारी अधिकृतद्धय सञ्जयराज तिमिल्सिना र सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना, युएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसकी लगानी तथा व्यवसाय विकास सेवा निर्देशक रितु प्रधान मल्ल, एक्सेस टु फाइनान्स सर्भिस म्यानेजर सञ्जय झा लगायतको सहभागिता थियो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले युएसएआईडीसँग संघको शुभयात्रा सुरु भएको बताउँदै संस्था र सदस्य सम्बन्धलाई प्रगाढ बनाउने विषयमा थप सहकार्यहरु हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । संघले गर्ने कामको विषयमा दृष्टिकोण, दिशा र दृष्टि स्पष्ट भएपछि काम गर्न सहज हुने भन्दै अध्यक्ष पौड्यालले सदस्य सम्बन्ध सुधार गर्ने दिशामै सहकार्य भएको स्पष्ट पार्नुभयो । कृषि र पर्यटन सम्भावनायुक्त क्षेत्र भएको बताउँदै यी क्षेत्रमा लगानी बढाउँदा हरित अर्थतन्त्र निर्माणमा पनि सहयोग पुग्ने उहाँको दाबी थियो । ‘उपयोगितासहितको ऋण र आत्मसम्मानयुक्त ऋण असुली प्रक्रियासँगै यसको सैद्धान्तिक धरातललाई ख्याल गर्दै संघ अघि बढ्छ, ’अध्यक्ष पौड्यालले भन्नुभयो,‘ यो सहकार्यमार्फत हामी युएसआईडी र नेफ्स्कूनको सपना सफल बनाउँछौं ।’ अध्यक्ष पौड्यालले भन्नुभयो, ‘मुलुक र सहकारी अभियानको अपेक्षा यो सहकार्यमार्फत सम्बोधन गर्नेछौं ।’

यस्तै, संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सन् २००३ अघि युएसएआईडी र नेफ्स्कूनबीच तालिम तथा शिक्षाका कार्यक्रममा सहकार्य भएको स्मरण गराउँदै सन् २०१३ मा पनि सहकार्यको प्रयास भएको जानकारी गराउनुभयो । उहाँले सन् २०२३ मा वित्तीय सहकारीहरुमार्फत साना तथा मझौला उद्यमीहरुलाई लगानी गर्ने दिशामा युएसआईडीसँग पुनः सहकार्यको अवसर मिलेकोमा प्रशन्नता व्यक्त गर्नुभयो । कृषि र पर्यटन प्रशस्त सम्भावनायुक्त राष्ट्रिय आवश्यकताका क्षेत्र भएकोले सहकारीहरुले यी क्षेत्रमा लगानी बढाउँदै आयआर्जनको क्षेत्रमा सदस्यहरुलाई पर्याप्त लगानी गरिएको छ भन्ने विश्वास दिलाउन यसले टेवा पुग्ने उहाँले बताउनुभयो । 

‘सुरुवात सानोबाटै हुन्छ, ’प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो, ‘नमूना कार्यक्रममा रुपमा थोरै सहकारीबाट सुरु गरिएको छ तर युएसआईडीसँग भोलिका दिनमा थप सहकार्यका सम्भावनाहरु म देख्छु ।’ उहाँले नेफ्स्कूनको स्तरीकरण कार्यक्रम अन्तर्गत आवद्ध संस्थाहरुले कृषि तथा पर्यटन क्षेत्रमा के कति नतिजामुखी लगानी गरेका छन् भन्ने विषयलाई सूचकका रुपमा समावेश गर्न सकिने सम्भावना औंल्याउनुभयो ।

युएसएआईडीकी लगानी तथा व्यवसाय विकास सेवा निर्देशक रितु प्रधान मल्लले साकोसहरुमार्फत कृषि तथा पर्यटनको क्षेत्रमा साना तथा मझौला उद्यमीहरुलाई लगानी प्रवद्र्धन गर्ने विषयमा यो सहकार्य केन्द्रीत रहेको स्पष्ट पार्नुभयो । 

दोस्रो सत्रमा विषयविज्ञ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले कृषि र पर्यटन क्षेत्रको प्रवर्धनका लागि लगानीका के कस्ता वस्तु तथा सेवा विकास गर्न सकिन्छ भनेर सहजीकरण गर्नुभएको थियो । उहाँले कृषि तथा पर्यटन सेवा सम्बन्धी छुट्टै छुट्टै मस्यौदा नीति तथा प्रडक्ट पेपर प्रस्तुत गर्नुभएको थियो भने सहभागीहरुले उक्त मस्यौदा नीति तथा प्रडक्ट पेपरमा आफ्नो धारणा राख्नुभएको थियो ।

यस सम्बन्धमा नेफ्स्कून र युएसएआईडी ट्रेड एण्ड कम्पिटीटिभनेस बीच सन् २०२३ जुन २३ मा साझेदारी सम्झौता भएको थियो । सोही अनुरुप गत साउनको अन्तिम साता २ दिने कार्यक्रम सम्पन्न भैसकेको छ । उक्त कार्यक्रममा नेफ्स्कूनको विद्यमान ऋण नीतिमा पुनरावलोकन गरिएको थियो भने प्रारम्भिक संस्थाहरुको तहमा भने आज पहिलो कार्यक्रम आयोजना गरिएको हो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप