एशियन क्रेडिट युनियन (अक्कू) फोरम–२०२३ काठमाडौंमा शुभारम्भ, प्रि फोरम सञ्चालन हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एशियन क्रेडिट युनियन (अक्कू) फोरम–२०२३ काठमाडौंमा शुभारम्भ, प्रि फोरम सञ्चालन हुँदै

काठमाडौं । एशियन क्रेडिट युनियन (अक्कू) फोरम, २०२३ Building Credit Union  Momentum:  Purpose, People and Passion भन्ने मुल थिमका साथ द सोल्टी होटल काठमाडौंमा शुरु भएको छ । फोरमको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले गर्नुभएको थियो । सहभागीहरुलाई स्वागत मन्तव्य संघका अध्यक्ष परितोष पौड्यालले राख्नुभएको थियो । 

एशियाली ऋण महासंघ (अक्कू) को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्राविधिक सहजीकरणमा २०२३, सेप्टेम्बर ११ देखि १७ सम्म  फोरम सञ्चालन हुनेछ ।

कार्यक्रम उद्घाटन समारोहमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, अक्कूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोके, अक्कूका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, सञ्चालक गोमा नेपाल, प्रमुख कार्यकारी अधिकृत शिवजी सपाकोटा, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेति, प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं लगायतको सहभागिता रहेको छ । 

फोरम सहभागिताका लागि एशियाली ऋण महासंघका प्रतिनिधिसहित १९ सदस्य राष्ट्रका सहकारीकर्मीहरु र नेपालका विभिन्न जिल्लाबाट सहकारीकर्मीहरुको उपस्थिति रहेको छ ।

 अक्कुको प्रि फोरममा CEOs Workshop, Asian CU Executive Society (ACUES), Asian CU Network of Emerging Leaders (ACUNEL) र  Gender Workshop  गरी फरक फरक ४ वटा सत्रहरु सञ्चालन हुनेछन् भने कार्यक्रममा एसियाली ऋण महासंघको ४२औं साधारणसभा समेत हुनेछ । फोरममा सहभागी प्रतिनिधिहरुले काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकका केही उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाहरुको अवलोकन भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ । 

एशियाली क्रेडिट युनियनको सबैभन्दा महत्वपूर्ण भेलाको रुपमा रहेको अक्कु फोरम नेपालको प्रायोजनमा तेस्रो पटक आयोजना भएको हो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप