सर्लाही । प्रोबेशन कायर्क्रममा आवद्ध साकोसहरुको सिकाई आदान प्रदान गर्ने कायर्क्रम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला अन्तर्गत मध्ये तराई क्लष्टर चौंथोको १८औं कार्यशाला सम्पन्न भएको छ । सुर्योदय साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा आश्विन १८ गते सञ्चालित कार्यशालामा प्रोबेशन मध्य तराई चौथो समूहमा आबद्ध १० साकोसका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।
कार्यशालामा आयोजक साकोसका अध्यक्ष जवाहारलाल कुशवाहाको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि कार्यशालामा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मन्दरा कुमारी आचार्य, सलार्ही जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव केशव प्रसाद ढकाल, नेफ्स्कून सदस्य सेवा विभागका प्रमुख गणेश प्रसाद तिमल्सिनाको आतिथ्यता रहेको थियो । कायर्क्रमको सहजीकरण नेफस्कूनका कायक्रम अधिकृत यमकला सुवेदीले गर्नुभएको थियो ।
कार्यशालामा प्रोबेशन मध्ये तराई चौंथो समूहमा आबद्ध सुर्योदय साकोस, स्वस्तिक साकोस, सगुन साकोस, भद्रबास साकोस, नेत्रगंन्ज महिला साकोस, हातेमालो साकोस, संकल्प साकोस, तामागढी साकोस, नन्देश्वरी महिला साकोस र चमेली साकोसका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालामा स्वागत मन्तव्य आयोजक साकोसका सञ्चालक बुद्धि बहादुर मगरले र कायक्रम सञ्चालन संस्थाका कोषाध्यक्ष इन्द्र प्रसाद दाहालले गर्नुभएको थियो ।
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
९५४ दिन अगाडि
९५८ दिन अगाडि
९६२ दिन अगाडि
१०५७ दिन अगाडि
१०५९ दिन अगाडि
१०८४ दिन अगाडि
१०९९ दिन अगाडि
२८२ दिन अगाडि