प्रयास साकोस बुटवलको १६औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रयास साकोस बुटवलको १६औं वार्षिक साधारणसभा सम्पन्न

पश्चिम् बुटवलको सबैभन्दा ठुलो सहकारी संस्था प्रयास बचत तथा ऋण सहकारी संस्था लि बुटवल १२ तामनगरले १६औं वार्षिक साधारणसभा असोज २७ गते सम्पन्न गरेको छ। बुटवल १२ का शिक्षित जुझारु युवाहरुको समूहद्वारा संचालित सहकारी संस्थाले सदस्य केन्द्रीत विभिन्न गतिविधिसहित साधारणसभा गरेको हो । जिल्ला सहकारी संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यता, पुर्व जन प्रतिनिधि द्वय उदयराज काफ्ले र दुर्गा प्रसाद सुवेदीको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य द्वय यम कुमारी पौडेल र पुष्पनिधि न्यौपानेलाई प्रमाणपत्र, दोसल्ला र नगदले सम्मान गरिएको थियो साथै एस इ इ २०७९ र एस एल सि ९कक्षा १२० २०८० को परिक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने सेयर सदस्यका छोराछोरीलाई सम्मान, असल बचतकर्ता र असल उद्यमी सम्मान, बालहित बचतकर्ता सम्मान र सरस्वती मा वि मा कक्षा ८ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण कार्यक्रम पनि गरिएको थियो।

सात सय बढी सेयर सदस्यहरुको प्रत्यक्ष उपस्थिति रहेको साधारणसभाले अध्यक्ष भिम बहादुर थापा द्वारा प्रस्तुत आ व २०७९र०८० को कार्य प्रगति प्रतिवेदन र आ व २०८०र०८१ को लागि नीति तथा कार्यक्रम सहितको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, कोषाध्यक्ष मोहन शर्मा पाण्डे द्वारा प्रस्तुत आ व २०८०र०८१ को अनुमानित आय व्यय प्रतिवेदन र आन्तरिक लेखा सुपरिवेक्षण समिति संयोजक नारायण शर्मा द्वारा प्रस्तुत आ व २०७९र०८० को आ ले सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । साथै संस्थाले सेयर सदस्यहरुलाई प्रदान गर्ने १७ प्रतिशत लाभांश सम्बन्धि प्रस्ताव, कार्य क्षेत्र विस्तार सम्बन्धि प्रस्ताव, संस्थाको कार्यालय भवन निर्माण सम्बन्धि प्रस्ताव, सेवा केन्द्र विस्तार सम्बन्धि प्रस्ताव लगायतका प्रस्तावहरु सम्मानित सभा बाट पारित गरिएको जानकारी संचालक सदस्य तिर्थराज काफ्लेले दिनुभयो । संचालक सदस्य द्वय सीता कंडेल तरामु र दिपक तिवारीले सेयर सदस्यहरुको उपस्थितिलाई सुनिश्चित गर्न र कार्यक्रमलाई रोचक तथा मनोरञ्जनात्मक बनाउन निशुल्क लक्की ड्र कुपन मार्फत आकर्षक दस वटा पुरस्करको ब्यबस्था गरी  बिजेताहरुलाइ प्रदान गरिएको जानकारी दिनुभयो । 
कार्यक्रममा प्रमुख अतिथि अर्याल, बिशिस्ट अतिथि सुवेदी, अतिथिहरु सुर्य बहादुर राना, गोविन्द प्रसाद पौडेल, धुर्वमणी ज्ञवाली, वीर बहादुर थापा, कुलराज शर्मा, कल्पना आचार्य, भविस्वर बन्जाडे लगायतले शुभकामना मन्तव्य राख्दै प्रयास साकोसले निति, विधि र प्रविधिको उच्चतम अभ्यास गरेको, संस्थाको बिगत र वर्तमान गर्व गर्न लायक र भविस्यको योजना भरोसा गर्न लायक रहेको भन्दै संस्थाको समग्र निति, योजना र कार्यक्रमको प्रंशसा गर्नुभएको थियो । 
कार्यक्रम उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीको स्वागत र सचीव प्रकाश मणि खनालको संचालनमा सम्पन्न भएको हो।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप