सामुदायिक साकोसको २९औं वार्षिक साधारण सभा सम्पन्न, नेफ्स्कूनका सिईओ डा. सापकोटा सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक साकोसको २९औं वार्षिक साधारण सभा सम्पन्न, नेफ्स्कूनका सिईओ डा. सापकोटा सम्मानित

काभ्रेपलान्चोक ।  सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २९औं वार्षिक साधारण सभा असोज २७ गते शनिवार सम्पन्न भएको छ । ७ वटा एकाइमा एकै दिन सम्पन्न साधारण सभा मध्ये मुख्य कार्यालयमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभापतित्व र पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटालाई नेपाल भरिका बचत तथा ऋण सहकारी संस्थाका विकास र विस्तारमा योगदान पुर्याउनु भएकोमा कदर स्वरुप सम्मानित गरिएको थियो भने काभ्रेपलाञ्चोक जिल्लाका शानका रुपमा नेपालमा आयोजित मेरो भ्वाइस यूनिभर्समा सहभागी भई सेकेण्ड रनर अपको रुपमा सफलता प्राप्त गर्नु भएका संस्थाका शेयर सदस्य शरद हुमागाईंलाई उज्वल भविष्यको कामना सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सामुदायिक बचत तथा ऋण सहकारी काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै उत्कृष्ट संस्थाको रुपमा रहेको उल्लेख गर्नुुहुँदै । संस्था एकीकरणको अभियानलाई महत्वपूर्ण रुपमा अगाडि लैजाँदै गर्दा नेपालकै सहकारी अभियानमा अत्यन्तै महत्वपूर्ण भूमिका पुर्याउन सफल सहकारीको रुपमा स्थापित हुन सकोस् भन्ने कामना सहित सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिँदै सदस्यको जिविकोपार्जन र आर्थिक स्तर वृद्धिका लागि योजनावद्ध रुपमा कार्य गर्दै सदस्यलाई व्यवसायिकतामा जोड दिई नमूना सहकारीको रुपमा स्थापित गर्न सफल रहोस भन्ने शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले एकीकरण अभियानमा उत्कृष्ट मात्र नभई देशकै ठूलो संस्थाहरुको स्थानमा स्थापित हुँदै गर्दा यसबाट आएका चुनौतीहरुको विषयमा समेत समीक्षा गर्दै आन्तरिक सवलतालाई पनि प्राथमिकताको रुपमा राखी सवलताका साथ दिगो संस्थाको रुपमा स्थापित हुन सफल रहोस । यो संस्था एकीकरण पश्चात नेफ्स्कुनका सदस्य संस्थाहरु मध्ये वासलात अंकको हिसाबले तेस्रो स्थानमा र सदस्य संख्याको हिसाबमा चौंथो स्थानमा पुग्न सफल रहेको छ । संस्थाको साईज बढ्दै जाँदा सुशासन र पारदर्शितामा चुनौती बढ्दै जाने हुनाले सचेत रहन सुझाउदै शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशव दंगालले साधारण सभाको सफलताको कामना गर्नुहुँदै दिगो र सुरक्षित संस्थाको रुपमा रही एकीकरण अभियान मार्फत सहकारी अभियानलाई अगाडि बढाई रहेको यस संस्थाले सुशासनमा पनि अब्बलता कायम राख्दै आएकोमा खुसी व्यक्त गर्नुहुँदै सधैं सुरक्षित र दिगो संस्थाको रुपमा कायम रहन सकेकोमा गर्वको महशुस भएको विचार सहित उत्कृष्टताको लागि शुभकाना सहितको मन्तव्य राख्नु भएको थियो ।

विशिष्ट अतिथि जिल्ला सहकारी संघको तर्फबाट अध्यक्ष श्री दिलिप शर्माले सहकारीहरुले सदस्य, समुदाय राष्ट्रकै आर्थिक स्तरोन्नतीमा गरेको योगदानको उल्लेख गर्नुहुँदै सामुदायिक अभियानकै उत्कृष्ट संस्थाको रुपमा रही यो योगदानमा महत्वपूर्ण भूमिका निभाउन सफल रहेको उल्लेख गर्नुहुँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भयो ।

विशिष्ट अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत संघका संचालक सदस्य विनोद सापकोटाले सहकारी अभियानमा एकीकरण अभियान मार्फत नेपालकै सबैभन्दा ठूलो संस्थाको रुपमा स्थापित हुन सकोस भन्ने शुभकामना सहित सवल र सुरक्षित संस्थाको रुपमा स्थापित यस संस्थाले अभियानमा अझै योगदान रहोस भन्ने मन्तव्य राख्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले सहकारी अभियानमा नै उत्कृष्टता हासिल गर्न सफल यस संस्थाले सदस्यहरुलाई प्रदान गरेको वस्तु र सेवा समेत उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै सदस्यलाई संस्थाप्रतिको चासोलाई अझै बढाउँदै लैजान सकोस भन्ने विचार राख्नुहुँदै संस्थाको २९ औं वार्षिक साधारण सभा सफलताको कामना सहितको मन्तब्य राख्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले काभ्रे जिल्लामै एकीकरण अभियानमा अग्रणी संस्थाको रुपमा स्थापित हुन सफल रहेकोमा खुसी व्यक्त गर्नुहुँदै एकीकरणका उद्देश्यहरु पूर्ण रुपमा सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नुहुँदै सहकारीले सदस्यहरुको विश्वासलाई अझै बढाउँदै सवल सुरक्षित दिगो संस्थाको रुपमा सधैं स्थापित हुन सफल रहोस भन्दै मन्तव्य राख्नु भएको थियो ।

ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष एवं सहकारी अभियन्ता मुकुन्द प्रसाद दाहालले स्थापनाको २९ औं स्थापना दिवस मनाउँदै गर्दा शेयर सदस्यहरुको विश्वासलाई जित्न सफल, उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल रहेको उल्लेख गर्नुहुँदै सदस्यले सबै प्रकारका सेवा एकै स्थानबाट प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सामुदायिक सहकारी संस्था एकीकरणको सम्झौता भई अगाडि बढि सकेको जानकारी गराउनुहुँदै यसले सहकारी अभियानमा महत्वपूर्ण भुमिका पुर्याउन सफल समेत हुने धारणा व्यक्त गर्नु भएको थियो । समुदायमा आधारित रहेको एउटा सवल र सुरक्षित संस्थाको नेपालकै ठूलो संस्थाको रुपमा स्थापित गर्न सफल हुनेछ भन्दै मन्तव्य राख्नु भएको थियो ।

संस्थाका प्रमुख सल्लाहकार दीपक थापाले सहकारी एकीकरण आजको आवश्यकता र अभियानको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुहुँदै संस्थाले यस अभियानको सम्मान गर्दै अनुशासित रुपमा अभियानलाई अगाडि बढाउँदै संस्थालाई सधैं उत्कृष्ट कायम गर्न सकियोस भन्दै साधारण सभाको सफलताको कामना व्यक्त गर्नु भएको थियो ।

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भिम बहादुर के सीले सहकारी संस्थाहरुका सदस्यले संस्थाप्रतिको चासोलाई कमि गर्न नहुने विचार व्यक्त गर्नुहुँदै अपनत्वका साथ चासो राखि संस्थाको विकास र विस्तारमार्फत समुदायको हितमा सुझाव र सल्लाह प्रदान गर्नुहुन आग्रह गर्नुहुँदै संस्थाको वार्षिक साधारण सभाको सफलताको कामना सहितको मन्तब्य राख्नु भएको थियो ।
पनौती न।पा। वडा नं। ४, का वडाध्यक्ष श्री दिपक दाहालले एकीकरण अभियानमा उत्कृष्ट संस्थाले आफ्नो नेतृत्वको अनुभव र क्षमता सहित अझै अभियानलाई अगाडि लैजादै सधैं सवल र सुरक्षित संस्था बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

ओम जगतगुरु शंकर सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव रामहरी दाहालले संस्थाको तर्फबाट मन्तव्य राख्नुहुँदै एकीकरण अभियानमा अग्रणी रुपमा रहेको यस संस्थासँग एक भएर अगाडि बढ्न तयार रहेको विचार व्यक्त गर्नुहुँदै सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहितको मन्तव्य राख्नु भएको थियो ।

ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्य मानन्धर, निवर्तमान सल्लाहकार राजकुमार हुमागाईं, कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेका उपाध्यक्ष गोपाल दाहाल, पूर्व प्याब्सन अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, प्रहरी चौकी पनौतीका प्रतिनिधि कमल बहादुर खत्री, सल्लाहकारहरु, विषयगत उपसमितिका संयोजकहरु र सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजकहरु, संचारकर्मीहरु लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले नीति, विधि र प्रविधिको अधिकतम सदुपयोग गर्दै सुशासनको पूर्ण पालनामा प्रतिवद्ध रहेको, सुशासनको अभियानमा सधैं साथ रहने प्रतिवद्धता व्यक्त गर्नुहुँदै संस्थाले सदस्यको व्यवसायलाई र आर्थिक सामाजिक स्तरोन्नतीका लागि आवश्यक वस्तु तथा सेवालाई कार्यक्षेत्र भित्रका ४ वटै जिल्ला र काभ्रेपलाञ्चोक जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने पनि जानकारी गराउनु भएको थियो । साथै एकीकरण अभियानलाई सुरक्षित र दिगो हुने हदसम्म निरन्तरता दिँदै जाने मन्तव्य राख्दै संस्थालाई उत्कृष्ट संस्थाको रुपमा यस अवस्थासम्म ल्याउन साथ सहयोग र सहकार्य गर्नुहुने सबैमा आभार ब्यक्त गर्नुहुँदै नजिकै आएको महान चाड बडा दशैं, तिहार र छठ पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै १५ प्रतिशतको दरले शेयर लाभांश वितरण गर्ने, संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने, बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि., पनौती स्थित एकिकृत बचत तथा ऋण सहकारी संस्था लि., बनेपा स्थित ओम जगतगुरु शंकर बचत तथा ऋण सहकारी संस्था लि. र धुलिखेलको विश्वरुपा बचत तथा ऋण सहकारी संस्था लि।सँग एकीकरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्दै २९ औं वार्षिक साधारण सभाको समापन गर्नुभएको थियो ।

संस्थाले एकै दिनमा समान कार्यसूचिमा ७ स्थानमा एकाई साधारण सभा सम्पन्न गरेको थियो । सात वटा एकाई साधारण सभा मध्ये कुशादेवी एकाईमा संस्थाका सञ्चालक सदस्य सुकुमान तामाङले सभाध्यक्षता गर्नुभएको थियो भने पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारा प्रमुख अतिथि रहनु भएको थियो । 

बेथानचोक एकाईको साधारण सभामा बेथानचोक गाउँपालिकाका प्रमुख भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका सञ्चालक सदस्य राजसुन्दर रघुश्रेष्ठले सभाध्यक्षता गर्नुभएको थियो । नमोबुद्ध एकाईको साधारण सभामा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा प्रमुख अतिथि रहनु भएको थियो भने संस्थाका सञ्चालक सदस्य मुकुन्द प्रसाद अर्यालले सभाको सभाध्यक्षता गर्नुभएको थियो ।

पाँचखाल एकाईको साधारण सभामा पाँचखाल नगरपालिकाका उपप्रमुख सुर्यमाया दनुवारको प्रमुख आतिथ्यता रहेको थियो र सञ्चालक सदस्य रामशरण राउतले सभाको सभाध्यक्षता गर्नुभएको थियो । बनेपा एकाईको साधारण सभामा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तीरन्त शाक्य प्रमुख अतिथि रहनु भएको थियो र संस्थाका सञ्चालक सदस्य कौशलराज खड्काले सभाको सभाध्यक्षता गर्नुभएको थियो । काठमाण्डौं एकाईको साधारण सभामा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो र सञ्चालक सदस्य मदन खकुरेलले सभाको सभाध्यक्षता गर्नुभएको थियो ।

संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले २०५१ सालमा स्थापना भई हाल १० वटा संस्था एकीकरण भई बनेको यस संस्थाले काभ्रेपलाञ्चोक लगायत काठमाण्डौ उपत्यका सहित ४ जिल्ला कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई प्रत्यक्ष रुपमा सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराउन सक्षम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल यस संस्थाको विकास विस्तार प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै उक्त सभामा उपस्थित सबैमा स्वागत मन्तव्य सहित संस्थाको तर्फबाट हार्दिक स्वागत गर्नुभएको थियो ।

सातवटै एकाईका साधारण सभाहरुमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र ब्यवस्थापन उपसमिति, विषयगत उपसमितिहहरु र कर्मचारीहरुमा जिम्मेवारी विभाजन गरी कार्यक्रम सञ्चालन, प्रतिवेदनहरु बाचन र कार्यतालिका बमोजिम संस्थाको साधारण सभाका एजेण्डाहरु उपर छलफल गर्दै निर्णयहरु गरिएको थियो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाको आ.व. ०७९।०८० को अन्त्य सम्ममा शेयर सदस्य र बाल सदस्य ५१०१५ जना, वासलात ४ अर्ब ४६ करोड, शेयर पुँजी ३९ करोड ४४ लाख, जगेडा कोष ३६ करोड ३१ लाख, अन्य कोषहरु १८ करोड ७२ लाख, बचत निक्षेप २ अर्ब ९२ करोड, ऋण लगानी ३ अर्ब ५९ करोड रहेको छ ।

साधारण सभाको दिनसम्म संस्थामा आबद्ध शेयर सदस्य ४५५३६ जना मध्ये २९८२२ जना ६५.४९ प्रतिशत शेयर सदस्यको उपस्थितिमा सभा सम्पन्न भयो ।
मुख्य कार्यालयमा सम्पन्न सभामा प्रिमियर डेन्टल क्लिनिक प्रा.लि. को प्राविधिक सहयोगमा सम्पन्न दन्त शिविरमा १३१ जना शेयर सदस्यहरुले दन्त परिक्षण तथा दन्त सेवा लिनु भएको थियो ।

भर्खरै
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

२० घण्टा अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

२० घण्टा अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

२१ घण्टा अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

१ दिन अगाडि

चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित
चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

४ दिन अगाडि

SME GG LOOP परियोजना अन्तर्गत दश दिने  तालिम सुरु
SME GG LOOP परियोजना अन्तर्गत दश दिने तालिम सुरु

५ दिन अगाडि

Notice
Notice

५ दिन अगाडि

ललितपुर जिल्ला सहकारी संघद्धारा रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन
ललितपुर जिल्ला सहकारी संघद्धारा रणनीतिक योजना तर्जुमा गोष्ठी सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
Notice
Notice

५ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२१ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

१९ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२९ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२९ दिन अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप