सिद्धि गणेश साकोसको 'अनिवार्य शिक्षा शिविर' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसको 'अनिवार्य शिक्षा शिविर' सम्पन्न

१९ फागुन, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाका सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ 'अनिवार्य शिक्षा शिविर' सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले ‘सर्वोत्कृष्ट वित्तीय समाधानका लागि सिद्धि गणेश’ परिकल्पनाका साथ अघि बढ्दै गरेको यस संस्थाको शिक्षा शिविर विगतमा सदस्य बन्न अघि नै गर्दै आएकोमा हाल सदस्य बनी सके पछि शिविर सञ्चालन गदै आएको बताउँदै शिविरमा उपस्थित नभई संस्थाका विभिन्न सेवा सुविधा उपयोग गर्न नपाइने जानकारी दिनुभयो ।

उहाँले सहकारी सह र कार्य मिलेर बनेको हो जसको अर्थ एक आपसमा सहने तथा सहयोगको भावना राखि सहकार्य गर्नु रहेको बताउनुभयो । उपाध्यक्ष दुमरुले यस संस्था निति नियममा रहि कार्य सम्पादन गर्दै आएको हुनाले संस्थामा कुनै पनि समस्या नरहेको भन्नुहुँदै केहि सहकारी संस्थाहरुले निति नियम पालना नगरी मनपरी लगानी गरेर समस्यामा पर्दा बजारमा सबै सहकारी संस्थाहरु समस्यामा परेको भ्रम सृजना भएको विषय प्रष्ट पार्नुभयो ।

उहाँले सहकारी संस्थामा हाल सदस्यहरु घट्दै गएको अर्को कारण युवाहरु रोजगारीका लागि विदेशिनु पनि रहेको बताउनुभयो । दुमरुले समुदायमा आधारित सहकारी संस्था समस्यामा नपरेको हुनाले ब्याजको प्रलोभनमा नपरि समुदायमा आधारित सहकारीमा मात्रै कारोबार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति शिक्षा उपसमितिका संयोजक एवं संस्थाका सचिव विष्णु प्रसाद दुमरुले सामाजिक क्रियाकलापमा सक्रिय ३१ जना युवाहरुले तात्कालिन समाजको सामाजिक एवं आर्थिक अवस्था उकास्ने उद्देश्यका साथ सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गर्नुहुँदै सिद्धि गणेशले सदैव मान सम्मान तथा नाफालाई भन्दा सदस्य सेवालाई प्राथमिकतामा राखेको जानकारी दिनुहुँदै संस्थाको पृष्ठभूमि बारे जानकारी दिनुभयो । 

नयाँ तथा सम्भावित २० जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सदस्य रामहरि ताम्राकारले गर्नुभएको थियो भने व्यवस्थापक शिला गोसाईले कार्यक्रममा संस्थाको सेवा सुविधा बारे जानकारी दिनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप