परिस्थिति अनुकूल रणनीतिक योजना तयार गर्न सिवाईसी साकोसलाई नेफ्स्कून अध्यक्षको आग्रह 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
परिस्थिति अनुकूल रणनीतिक योजना तयार गर्न सिवाईसी साकोसलाई नेफ्स्कून अध्यक्षको आग्रह 

बागलुङ । २०८० फागुन १९ गतेदेखि बागलुङ बजारमा सीवाईसी साकोसको ३ दिने '४ वर्षीय रणनीतिक व्यावसायिक योजना तर्जुमा गोष्ठी' सुरुवात भएको छ । ३ दिन सम्म चल्ने गोष्ठीमा संस्थाका केन्द्रीय संचालकहरु, २५ वटा सेवाकेन्द्रबाट प्रतिनिधिहरु तथा कर्मचारीहरुलाई नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक ईन्द्रराज ज्योति पौडेल र विकू साकोसका पूर्व अध्यक्ष हरिलाल सापकोटाले सहजीकरण गर्नुभएको छ ।

कार्यक्रमको पहिलो दिनको अध्यक्षता संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो भने उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको थियो भने प्रतिनिधिहरुलाई संस्थाका उपाध्यक्ष सितादेवी सापकोटाले स्वागत र सचिब ज्ञानेन्द्रराज पन्तले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ढकालले सिवाईसी साकोस समुदायमा आधारित लोकप्रिय संस्था रहेको, सहकारी एकीकरण अभियानमा नमुना काम गरेको बताउँदै हाल सहकारी अभियानमा देखिएको अविश्वासको वाताबरणमा जनविश्वास कायम गर्न संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने औंल्याउनुभयो । उहाँले नेफ्स्कूनले पनि संस्थागत सुशासनमा जोड दिएको बताउनुभयो । अहिलेको परिस्थिति अनुसार रणनीतिक योजना तयार गर्न तथा कार्यान्वयन गरी सिवाईसी साकोस हरेक कोणबाट नमुना बन्न सुझाव दिनुभयो ।

कार्यक्रमको पहिलो दिनको संयोजकत्व मालिका सदस्य सेवाकेन्द्र उपसमिती संयोजक बलराम सापकोटाले गर्नुभएको थियो । त्यस्तै प्रतिवेदकमा काँडेबास सदस्य सेवाकेन्द्रका प्रमुख प्रेम बहादुर केसी, मुल्याङकनकर्ता नमुना स्वाभिमान सेवा केन्द्रका प्रमुख विपना पौडेल पाण्डे र मनोरञ्जनमा बगैंचा सेवाकेन्द्र ब्यवस्थापन समितिका  सहसंयोजक गिताकुमारी शर्मा रिजाल रहनुभएको थियो । गोष्ठीको पहिलो दिन ४ वर्षे वित्तीय रणनितीक योजना निर्माणका विभिन्न विषयबस्तुहरु उपर छलफल तथा टिपोट भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप