कैलालीमा 'ऋण असुली तथा धितो लिलामको कानूनी प्रक्रिया' तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीमा 'ऋण असुली तथा धितो लिलामको कानूनी प्रक्रिया' तालिम सम्पन्न 

कैलाली । नेफ्स्कूनको कञ्चनपुर सदस्य सेवा कार्यालयले 'ऋण असुली तथा धितो लिलामको कानूनी प्रक्रिया तालिम' फागुन १९ गते कैलालीको गोदावरी नगरपालिमा सञ्चालन गरेको छ । तालिममा कञ्चनपुर र कैलालीका ५७ साकोसबाट ७० जनाको सहभागिता थियो ।

तालिममा नेफ्स्कूनका निवर्तमान सञ्चालक समेत रहनुभएका राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशीले समय सान्दर्भिक तालिम आयोजना गरिएको भन्दै सहभागीहरुले महत्वपूर्ण ज्ञान र सीप आर्जन गनुका साथै संस्थागत विकासमा लाग्न आग्रह गर्नुभयो ।

यस्तै, नेफ्स्कून सञ्चालक दिप्ती शाहीले अहिलेको विषम परिस्थितिमा संस्थामा जोखिमका क्षेत्र पहिचान गरी ऋण असुली प्रक्रियामा जानुुपर्ने भन्दै संस्थागत सजगतामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सदस्य संस्थाहरुको सक्षमता विकासका तालिम तथा कार्यक्रम आयोजना गरिने भन्दै संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमा कञ्चनपुर म्यानेजर क्लबका अध्यक्ष गणेश भट्ट, कैलाली म्यानेजर क्लबका प्रतिनिधिहरु लगायतका सहकारीकर्मीहरुको उपस्थिति थियो । 

तालिम सहजीकरण संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने कञ्चनपुर सदस्य सेवा कार्यालय इन्चार्ज यम डाँगीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रम व्यवस्थापनमा नेफ्स्कूनको धनगढी सेवा केन्द्र कार्यालय इन्चार्ज योगेश बोहरा पनि सक्रिय सहभागी हुनुभएको थियो भने ब्यवस्थापन सहयोग संघको सदस्य सेवा कार्यालका व्यवसाय सहायक दिपक राज जोशीले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप