३ सय ५० जनाको निःशुल्क आँखा परीक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ सय ५० जनाको निःशुल्क आँखा परीक्षण

कास्की । माछापुच्छ्रे गाउँपालिका वडा नं. २ स्थित सार्दिखोला स्वास्थ्य चौकीमा २०८० फाल्गुन १९ गते शनिबार निःशुल्क आँखा परिक्षण कार्यक्रम आयोजना गरिएको छ । सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि. तथा नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीको सयुंक्त आयोजनामा गरिएको सो कार्यक्रममा हिमालय आँखा अस्पताल, घारिपाटन पोखराको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रमको अध्यक्षता सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका उपध्यक्ष गिरिधारी आचार्यले गर्नुभएको थियो भने संस्थाकी सञ्चालक सपना कुमारी गुरुङले स्वागत  मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा माछापुच्छ्रे गाउँपालिका वडा नं २ का अध्यक्ष गणेश आचार्यले पहिलो सेवाग्राही रण बहादुर गुरुङलाई उपचार फारम हस्तान्तरण गरी  गर्नुभएको थियो । प्रमुख अतिथि आचार्यले सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले गर्दै आईरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतका कार्यक्रमले यस क्षेत्रका वासिन्दाहरु लाभान्वित भैरहेकोले संस्थालाई धन्यवाद दिनुका साथै भविष्यमा अझ उत्कृष्ट कार्यक्रमहरु आयोजना गर्न सुझाव दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्र सञ्चालन संस्थाका सचिव राम प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ३ सय ५० जनाले आँखा परीक्षण गराएका छन् । जसमध्ये १ सय ८९ जना ब्यक्तिहरुलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने १५ जनामा मोतिविन्दु भेटिएको र उनीहरुलाई दुवै आयोजक संस्थाको पहलमा यथाशिघ्र शल्यक्रियाको लागि थप व्यवस्था गरिने जानकारी गराइएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप