......र मैले सुशासन पहिला आफैंबाट सुरु गरेँ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
......र मैले सुशासन पहिला आफैंबाट सुरु गरेँ 

भीम गुरुङ
प्रमुख कार्यकारी अधिकृत, पोखरा रोयल साकोस

सहकारी संस्था सञ्चालनको क्रममा सञ्चालक समिति कत्तिको सुशासित छ भन्ने अहम् प्रश्न हुन्छ । बोर्डले संस्थामा कस्तो खालको सुशासन भित्राउन सक्यो भन्ने कुरा आउँछ । सुशासनको पाटोमा सञ्चालक समिति विचलित भयो भने कर्मचारीहरुले खेल्ने मौका पाउँछन् । सुशासन आफूबाट सुरु गर्नुपर्छ । बोर्डबाट सुशासन सुरु भयो र व्यवस्थापनले त्यो अनुभूत गर्यो भने प्रत्येक कर्मचारीले संस्थामा मेरो जीवन जोडिन सक्छ वा म संस्थासँग आजीवन जोडिन सक्छु भन्ने ठान्दछ ।

सहकारी जीवनको २५ वसन्तमा छु म । १८ वर्ष एमडीको रुपमा काम गरेँ पछि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेँ । मैले के ठानेँ भने, कानूनमा सञ्चालक र व्यवस्थापक दुबै भूमिकामा बस्न हुँदैन भनेपछि मैले आफूबाट कानूनको पालना गर्नुपर्छ । ‘मैले सुशासनको उदाहरण प्रस्तुत गर्नुपर्छ, त्यो पनि बोलेर होइन व्यवहारले’ भनेर बोर्डबाट बाहिरिएर व्यवस्थापकीय भूमिकामा सीमित राखेँ । यक्ष प्रश्न हो, आफूले ‘स्टार्ट’ गर्ने कि नगर्ने ?

आम सहकारी संस्थाहरुको कुरा गर्दा संस्था बनाउने तर संस्थागत नहुने परिपाटी छ । यो समस्या आम रुपमा देखिन्छ । अर्को भनेको कर्मचारीहरुले सहकारीहरुलाई ट्रेनिङ वा लर्निङ सेन्टरको रुपमा मात्र लिने र हामीले पनि त्यही रुपमा कर्मचारी राख्ने प्रवृत्ति पनि कतिपय ठाउँमा पाइन्छ ।

कर्मचारी हायर छिटोछिटो र फायर पनि छिटो छिटो गर्ने प्रचलन व्याप्त छ सहकारीमा । तर, हामीले व्यवस्थापनमा पढेको र बुझेको विषय के हो भने ‘हायर स्लो, फायर फाष्ट’ । कर्मचारी भर्ना गर्ने बेलामै अलि राम्रोसँग बुझेर, सोधखोज गरेर, सबै पक्षहरु विचार गरेर, संस्थाका सबै कुराहरु बुझाएर मात्र नियुक्त गर्ने नीतिगत प्रबन्ध हुनुपर्छ । कर्मचारीहरुलाई भविष्य देखाउनुपर्छ । जब सहकारी संस्थामा काम गर्ने कर्मचारीलाई हामीले भविष्य देखाउन सक्छौं, अझ भनौं सुनिश्चित र उज्ज्वल भविष्य देखाउन सक्छौं तब त्यो हायर चाँडै फायरमा बदलिदैन । 

सहकारी संस्थाहरुले पनि त श्रम ऐन कार्यान्वयन गर्नुपर्छ । धेरै सहकारीहरुमा जाँदा श्रम ऐनले तोकेको न्यूनतम शर्तहरु पालना नगरेको र कर्मचारीहरुलाई न्यूनतम सुविधाहरु पनि उपलब्ध नगराएको अवस्था छ । त्यसो हुँदा स्टाफ रिटेन्शन रेट कस्तो होला ? सहज अनुमान लगाउन सक्छौं ।

अझ, पछिल्लो समय सहकारीमा देखिएको अर्को समस्या म यहाँ चर्चा गर्न चाहन्छु । खासगरी कास्की जिल्लाको विशेष सन्दर्भ यहाँ जोडे किनकि मेरो मेरो भूगोल त्यहाँ हो तर पनि यो समस्या सबैतिर छ भन्ने मलाई ज्ञात छ, ‘मैले सहकारीको जागिर छोड्न चाहेको, राजीनामा दिइसके, स्वीकृत नै हुँदैन । तपाईले ऋण हेर्नुभएको छ, तपाईले अन्य व्यवस्थापन हेर्नुभएको छ, सबै जिम्मा तपाईले लिनुभएकोले छोड्दा पनि जिम्मा लिएर जानुपर्छ’ भन्ने जस्ता अवरोधहरु सृजना गरिन्छ । छोड्न दिइदैन । त्यही भएर 'एक्जिट' कसरी हुने भन्ने समस्या छ । सहज 'एक्जिट' अहसज बन्दै गएको छ । ‘देयर इज नो एक्जिट प्लान इन कोअपरेटिभ्स’ भन्ने गरेको छु  मैले । यो विषय सञ्चालकहरुमा पनि समस्या नै छ कतिपय ठाउँमा । म सहकारीको सञ्चालक त भए वा अध्यक्ष त भए तर पछि छोडेर गैसकेपछि पनि तपाई सञ्चालक वा अध्यक्ष हुँदा यस्तो समस्याहरु थियो भन्ने 'केश' हरु पनि भेटिएका छन् । त्यही भएर बोर्ड र व्यवस्थापनको 'एक्जिट' प्लानमा पनि घोत्लिएर निष्कर्ष निकाल्नुपर्छ । 'एक्जिट' हुँदै गर्दा संस्थालाई राम्रो सुशासित गुणस्तरीय बनाएर छोड्नुपर्यो । यो विषय पनि महत्वपूर्ण छ ।

सुशासनको पाटोमा कुरा गर्दा यससम्बन्धी दर्बिलो नीतिगत प्रबन्धहरु गरिसकेपछि त्यसलाई कडाइका साथ लागू गर्ने कुरामा प्रतिबद्ध भएर गयौं भने सबै कर्मचारीहरुले त्यसलाई अवलम्बन गर्ने र त्यसको अनुभूति पनि गर्ने सम्भावना बढी हुन्छ ।

‘अ लिडर इज वन हु नोज् द वे, गोज् द वे एण्ड सोज् द वे’ भनेझैं नेतृत्वले पहिलो आफूले थाहा पाइसकेपछि त्यही बाटो हिड्ने र अरुका लागि पनि पथप्रर्दशन गर्नुपर्दछ । बचत गर्नुपर्छ भन्ने तर आफू नगर्ने, ऋण तिर्नुपर्छ भन्ने तर आफूले नतिर्ने त गर्नुभएन नि ! आफैबाट सुरु गर्नुपर्छ । र म व्यवस्थापन प्रमुखको नाताले मेरो चाहना अपेक्षा समग्र सहकारी संस्थाहरुमा के हो भने सुशासनका विषयहरु म आफैबाट सुरु गर्छु भन्ने अठोट भएको नेतृत्व होस् भन्ने हो ।

बोर्डले व्यवस्थापनलाई काम गर्ने वातावरण दिनुपर्छ । अनावश्यक टर्चर दिनु हुँदैन । अफिसमा धेरै मान्छे ल्याउने, चिया खाने, अनावश्यक बैठक भेला गर्ने आदि गर्न भएन ।

त्यस्तै, कार्यविधिहरु निर्माण, योजना निर्माणमा भूमिका खेल्न सक्ने व्यक्ति बोर्डमा हुनुपर्छ । र त्यो समयमै बनाइदिओस् अनि कार्यान्वयन गर्न  व्यवस्थापनलाई घच्घच्याओस् भन्ने बोर्डको अपेक्षा हामी व्यवस्थापनको हो ।

अर्को भनेको, विभिन्न कालखण्डमा विभिन्न किसिमका चुनौती आइरहन्छन् । त्यस्तो बेलामा यावत् खालको सुरक्षा प्रत्याभूति दिन सक्ने बोर्ड होस् भन्ने लाग्छ । त्यस्तैगरी, हाम्रो संस्थाको अध्यक्ष वा सञ्चालक एउटा आदर्श पात्र होस् भन्ने लाग्नु स्वाभाविक हो । ‘तपाईको अध्यक्ष त फलानो ठाउँमा थिए, तपाईको सञ्चालकले त यस्तो कुरा गर्दै थिए’ भन्ने नहोस् ।

छुटाउनै नहुने अर्को विषय भनेको हाम्रो बोर्डले हामीलाई अलिअलि शंकाले हेरोस् भन्ने चाहना पनि हो । सम्पूर्ण रुपमा व्यवस्थापनलाई स्वच्छन्द छोडिदिने नभइ हाम्रा क्रियाकलापहरुप्रति निगरानी गर्न सक्ने, प्रश्न गर्न सक्ने र खबरदारी गर्न सक्ने बोर्ड हाम्रो अपेक्षा हो ।

मेरो व्यवस्थापनले के गरेको छ, कर्मचारीहरुले के कस्तो गरेका छन् भन्ने विषयमा चनाखो बोर्ड चाहिन्छ भन्ने मलाई लाग्छ । म जहिले पनि सञ्चालक समितिको बैठकमा भन्ने गर्छु ‘हामी व्यवस्थापनले ल्याएको प्रस्तावहरु त्यस्तो केही छ कि ? तपाईहरुले पनि शंकाले हेर्नुस् है हामीलाई’ भन्छु । सधै हामी सही नहुन सक्छौं । त्यो क्षमता राख्ने बोर्ड होस् भन्ने व्यवस्थापनको अपेक्षा हो । 

(राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम को दोश्रो दिन आज सम्पन्न प्यानल डिस्कसनमा गुरुङद्वारा व्यक्त विचारको सम्पादित अंश)
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप