नेफ्स्कूनको पवित्र उद्देश्य समाज रुपान्तरण होः सञ्चालक सापकोटा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको पवित्र उद्देश्य समाज रुपान्तरण होः सञ्चालक सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सञ्चालक लक्ष्मी सापकोटाले समाज रुपान्तरणको पवित्र उद्देश्य बोेकेर संघले निस्वार्थ काम गरिरहेको दाबी गर्नुभएको छ ।

उहाँले आफ्ना सदस्य संघ संस्थाहरुमार्फत उनीहरुका पनि सदस्यहरु र समुदायको आर्थिक सामाजिक रुपान्तरणको पवित्र उद्देश्य राखेर नेफ्स्कूनले काम गरिरहेको बताउनुभयो ।

समाज रुपान्तरणमा सहकारी संस्थाहरु कसरी लाग्न सक्छन् भनेर यस्ता तालिमहरु आयोजना गरिएको भन्दै संघले आयोजना गर्ने तालिमहरुका सहभागीहरुबाट पनि यस पवित्र काममा धेरै अपेक्षा राखेको सापकोटाले बताउनुभयो ।

नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयले तरहरामा आयोजना गरेको ‘ऋण जोखिम व्यवस्थापन’ सम्बन्धी दुई दिवसीय तालिमको हिजोको समापनमा सहभागीहरुलाई उत्प्रेरित गर्दै संघको सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक समेत रहनुभएका सापकोटाले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

सहकारी अभियानलाई कमजोर बनाउन उद्दतहरुबारे सर्तक रही यस क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि उहाँले बताउनुभयो । सबै मिलेर समाधान खोज्न पनि यो तालिम आयोजना गरिएको उहाँले बताउनुभयो । ‘हामी हाम्रा काममा इमानदार र उद्देश्यमूलक भयौं भने समाज रुपान्तरण सम्भव छ, ’सञ्चालक सापकोटाले भन्नुभयो, ‘त्यसैले उद्देश्य प्राप्तिको अभियानमा हामी खरो उत्रनु छ ।’ यस्ता तालिम विराट उद्देश्य प्राप्तिको एउटा खुट्किलो भएको उहाँले बताउनुभयो ।

‘तालिमका सिकाइहरु संस्थागत व्यवहारमा प्रदर्शन भएपछि हामी सबैले खोजको परिणाम अर्थात् सदस्यहरुको सामाजिक, आर्थिक रुपान्तरण सम्भव छ, उहाँले अगाडि भन्नुभयो, ‘त्यही दिशामा अघि बढ्न म सबै प्रशिक्षित साकोसकर्मी साथीहरुलाई विनम्र आग्रह गर्दछु ।’

नेफ्स्कूनका वस्तु तथा सेवाबारे चर्चा गर्दै उहाँले मिरा सफ्टवेयर सान्दर्भिक बनेकोले यसलाई प्रयोगमा ल्याउन पनि उहाँको आग्रह थियो ।

समापनमा जिल्ला बचत संघ सुनसरीकी सचिव गोमा गिरीले तालिमको विषयवस्तु अत्यन्त सान्दर्भिक भएको बताउँदै यस्ता तालिमहरुले व्यवस्थापनको प्राविधिक क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सहकारी व्यवस्थापनको क्षमता विकासका विविध आयामहरुमा जिल्ला संघ र केन्द्रीय संघले खेलेको भूमिकाको पनि चर्चा गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट दुई जना (एक महिला एक पुरुष) ले तालिमले अस्पष्टताहरु हटेको बताउनुभयो । नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गरेको तालिमको व्यवस्थापनका साथै समापन कार्यक्रम सञ्चालन सदस्य सेवा कार्यालय प्रमुख रामकृष्ण भट्टराईले गर्नुभएको थियो भने संघको स्थानीय व्यवस्थापनको पनि सक्रिय सहयोग रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप