नेफ्स्कून र ललितपुर जिल्ला बचत संघबीच सञ्जाल साझेदारी सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र ललितपुर जिल्ला बचत संघबीच सञ्जाल साझेदारी सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघबीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको छ । २०८१ कार्तिक १३ नेफ्स्कून केन्द्रीय कार्यालयमा द्धिपक्षीय साझेदारी सम्झौता सम्पन्न भएको हो । नेफ्स्कूनकातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईले दुबै संघका पदाधिकारीहरुको उपस्थितिमा सम्झौता आदानप्रदान गर्नुभएको हो भने दुबै संघका व्यवस्थापन प्रमुखहरु डा. शिवजी सापकोटा र सन्तोष बजगाईले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

नेफ्स्कूनको नयाँ सञ्चालक समिति निर्वाचित भैसकेपछि वृहत् विमर्श र मन्थनपछि संशोधन गरिएको सञ्जाल साझेदारीको प्रारुप अनुरुप यो ३३ औं साझेदारी सम्झौता हो । ललितपुर जिल्ला बचत संघसँगको सम्झौतासँगै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला बचत संघ सञ्जाल साझेदारीमा जोडिएका छन् ।

आज आयोजित सम्झौता हस्ताक्षर एवम् आदानप्रदान कार्यक्रममा नेफ्स्कूनका तर्फबाट अध्यक्षसँगै महासचिव घनश्याम अधिकारी तथा सञ्चालकहरु सिता ढकाल पौड्याल, खेमराज सुवेदी तथा देवकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल तथा बरिष्ठ अधिकृत नविनराज दाहाल सहभागी हुनुहुन्थ्यो भने ललितपुर बचत संघका तर्फबाट अध्यक्षसँगै  बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्य, सचिव श्यामकृष्ण महर्जन, लेखा सुपरिवेक्षण समिति संयोजक सानुकाजी महर्जन तथा व्यवस्थापक सन्तोष बजगाई उपस्थित हुनुहुन्थ्यो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले  सञ्जाल साझेदारी सम्झौताले  साकोस अभियानको सबलीकरण, सुदृढीकरण तथा गुणस्तरीयता विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । नेफ्स्कून अध्यक्ष ढकालले इतिहास बोकेको, वित्तीय रुपमा सबल, सशक्त, सुशासित र सदस्य मैत्री ललितपुर जिल्ला बचत संघसँगको सञ्जाल सहकार्यले मुलुकको साकोस अभियान एकताबद्ध छ भन्ने सन्देशलाई अझ बढी सार्थक बनाएको दाबी गर्नुभयो । 

उहाँले नेफ्स्कूनको वर्तमान सञ्चालक समिति निर्वाचित भएसँगै सञ्जाल साझेदारीको मोडालिटीमा सदस्यहरुको इच्छा र समयको माग दुबै समेटिने गरी संशोधनमार्फत रणनीतिक मार्गचित्र भित्र प्राथमिकीकरण गरेसँगै द्रुत गतिमा सहकार्य अघि बढेको बताउनुभयो ।

यसैगरी, यो सम्झौता कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता दुबै अध्यक्षहरुले गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप