काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघबीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको छ । २०८१ कार्तिक १३ नेफ्स्कून केन्द्रीय कार्यालयमा द्धिपक्षीय साझेदारी सम्झौता सम्पन्न भएको हो । नेफ्स्कूनकातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईले दुबै संघका पदाधिकारीहरुको उपस्थितिमा सम्झौता आदानप्रदान गर्नुभएको हो भने दुबै संघका व्यवस्थापन प्रमुखहरु डा. शिवजी सापकोटा र सन्तोष बजगाईले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
नेफ्स्कूनको नयाँ सञ्चालक समिति निर्वाचित भैसकेपछि वृहत् विमर्श र मन्थनपछि संशोधन गरिएको सञ्जाल साझेदारीको प्रारुप अनुरुप यो ३३ औं साझेदारी सम्झौता हो । ललितपुर जिल्ला बचत संघसँगको सम्झौतासँगै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला बचत संघ सञ्जाल साझेदारीमा जोडिएका छन् ।
आज आयोजित सम्झौता हस्ताक्षर एवम् आदानप्रदान कार्यक्रममा नेफ्स्कूनका तर्फबाट अध्यक्षसँगै महासचिव घनश्याम अधिकारी तथा सञ्चालकहरु सिता ढकाल पौड्याल, खेमराज सुवेदी तथा देवकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल तथा बरिष्ठ अधिकृत नविनराज दाहाल सहभागी हुनुहुन्थ्यो भने ललितपुर बचत संघका तर्फबाट अध्यक्षसँगै बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्य, सचिव श्यामकृष्ण महर्जन, लेखा सुपरिवेक्षण समिति संयोजक सानुकाजी महर्जन तथा व्यवस्थापक सन्तोष बजगाई उपस्थित हुनुहुन्थ्यो ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले सञ्जाल साझेदारी सम्झौताले साकोस अभियानको सबलीकरण, सुदृढीकरण तथा गुणस्तरीयता विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । नेफ्स्कून अध्यक्ष ढकालले इतिहास बोकेको, वित्तीय रुपमा सबल, सशक्त, सुशासित र सदस्य मैत्री ललितपुर जिल्ला बचत संघसँगको सञ्जाल सहकार्यले मुलुकको साकोस अभियान एकताबद्ध छ भन्ने सन्देशलाई अझ बढी सार्थक बनाएको दाबी गर्नुभयो ।
उहाँले नेफ्स्कूनको वर्तमान सञ्चालक समिति निर्वाचित भएसँगै सञ्जाल साझेदारीको मोडालिटीमा सदस्यहरुको इच्छा र समयको माग दुबै समेटिने गरी संशोधनमार्फत रणनीतिक मार्गचित्र भित्र प्राथमिकीकरण गरेसँगै द्रुत गतिमा सहकार्य अघि बढेको बताउनुभयो ।
यसैगरी, यो सम्झौता कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता दुबै अध्यक्षहरुले गर्नुभएको छ ।
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९५५ दिन अगाडि
९५९ दिन अगाडि
९६३ दिन अगाडि
२८३ दिन अगाडि
२८९ दिन अगाडि
३२७ दिन अगाडि
३३६ दिन अगाडि
३३७ दिन अगाडि