सुशासन आफैबाट सुरु गर्नुपर्छ: नेफ्स्कून कार्यवाहक अध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन आफैबाट सुरु गर्नुपर्छ:  नेफ्स्कून कार्यवाहक अध्यक्ष अधिकारी

चितवन । नेफ्स्कूनका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले संस्थागत सुशासन, वित्तीय स्वास्थ्य र सहकारीको छवि निर्माणमा सबैको भूमिका आवश्यक भएको बताउनुभयो ।सहकारीमा शुसासन अहिलेको आबश्यकता भएको बताउँदै उहाँले सुशासन आफै बाट शुरु गर्नुपर्ने सुझाउनुभयो ।

सुशासन बोलेर भन्दा व्यवहारबाट प्रदर्शन गर्नुपर्ने र त्यो आफूले दाबी गर्नेभन्दा अरुले अनुभूति गर्ने विषय भएको उहाँले स्पष्ट पार्नुभयो । नेफस्कूनले आज २०८१ मंसिर १२ गते चितवनमा आयोजना गरेको बागमती दोस्रो क्लष्टरको पहिलो पाम (कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला) को उद्घाटनमा संघका कार्यवाहक अध्यक्ष अधिकारीले साकोसका सेवाहरु गुणस्तर हुनुपर्ने, लगानी क्षमताका आधारमा गरिनुपने ऋणको शुद्धतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, अहिलेको चुनौती भनेको नै सुशासन र भाखा नाघेको ऋण व्यवस्थापन हो । उहाँले स्तरीकरण कार्यक्रम र स्तरीकरण कोषलाई साकोस अभियानका दुई पैयाँ बताउँदै दुबैमा सबैको योगदान, भूमिका र सक्रिय सहभागिताका लागि पनि आग्रह गर्नुभयो । 

साथै उहाँले आगामी पुस ५ र ६ गते बुटवलमा आयोजना हुने नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभामा यो क्लष्टरको तर्फबाट उत्साहजनक सहभागिताको लागिआग्रह समेत गर्नुभयो । उहाँले पाम सञ्चालनको शैलीमा परिमार्जन गरिएको पनि कार्यशालामा जानकारी गराउनुभयो ।

कार्यशालाको उद्घाटनमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले अहिले सहकारीहरुबीच ऐक्यबद्घता आवश्यक भएको बताउनुभयो । शुसासनमा प्रश्न चिन्ह खडा नहुने गरी काम गर्नपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा संघका संचालक गोपाल प्रसाद गौतम, चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु, संघका सहायक कार्यकारी अधिकृतहरु दुर्गा प्रसाद ढकाल र राधेश्याम श्रेष्ठको सहभागिता रहेको थियो ।

संघका कार्यक्रम अधिकृत बिनोद ढकालले कार्यशाला संचालन गर्नुभएको थियो । कार्यशालामा उक्त क्लष्टरमा सहभागी २५ वटा संस्थाबाट ३१ जना पुरुष र १६ जना महिला गरी जम्मा ४७ जनाको सहभागीता रहेको छ । नेफ्स्कूनले 'पाम' सञ्चालन शैलीमा गरेको परिमार्जनपछिको प्रोवेसनको यो दोस्रो कार्यशाला हो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप