भारतमा बजेट: सहकारीकर्मीहरुद्वारा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतमा बजेट: सहकारीकर्मीहरुद्वारा स्वागत

काठमाडौं। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा प्रस्तुत गर्नुभएको बजेटप्रति त्यहाँका सहकारीकर्मीहरुले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।  मध्यमवर्गलाई ठूलो राहत दिइएको बजेटले सहकारी क्षेत्रलाई पनि महत्व दिएको उनीहरुले बताएका छन् । भारतीय अर्थतन्त्रमा मन्दीलगायत विषयमा सवालका बीच बजेटमा समाजका विभिन्न वर्गलाई राहत दिने प्रयास देखिएको छ । बजेट २०२५–२०२६ जनमुखी भएको भन्दै सहकारीकर्मीहरुले स्वागत गरेका हुन् । 

भारतीय सहकारीको शीर्ष निकाय भारतीय राष्ट्रिय सहकारी संघ (एनसीयूआई) का अध्यक्ष दिलीप सांघानीले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई समेत ध्यानमा राखी सरकारले सहकारी तथा कृषि क्षेत्रको विकासमुखी बजेट ल्याएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । सहकारीमार्फत कृषि क्षेत्रको विकासका लागि सरकारले योजना तथा बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सहकारीमार्फत कृषि क्षेत्रको विकासले कृषकहरुलाई उचित मूल्य सुनिश्चित गर्ने तथा विहारमा मखना बोर्ड स्थापना गर्ने निर्णयको उहाँले समर्थन गर्नुभयो । त्यसैगरी १ सय जिल्लामा लागू गरिने धनधान्य कृषि योजनामार्फत कृषि सहकारीहरु लाभान्वित हुने अध्यक्ष सांघाईले बताउनुभयो ।

यसैगरी, अन्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा. चन्द्र पल सिंहले जनमैत्री बजेट आएको भन्दै यसबाट सहकारी क्षेत्र र यसमा आवद्ध सदस्यहरु लाभ लिनसक्ने दाबी गर्नुभयो । यस्तै, इफ्कोका निर्देशक डा. युएस अवस्थीले खासगरी कृषि क्षेत्रलाई बजेटले जोड दिएको भन्दै यसबाट सहकारी क्षेत्रले फाइदा लिनसक्ने बताउनुभयो ।

बजेटमा वित्तमन्त्री सीतारमणले किसान क्रेडिट कार्डमार्फत पाइने ऋणको सीमा तीन लाखबाट बढाएर पाँच लाख पुर्याउनुभएको छ । यसले किसानलाई सहकारीमार्फत समयमै कृषि कार्य सम्पन्न गर्न निकै फाइदा हुने बताइएको छ । यसबाट ७.७ करोड किसान लाभान्वित हुने अनुमान गरिएको छ । मलको उत्पादन बढाउन नयाँ मल कारखाना खोलिने पनि बताइएको छ ।

यस्तै, १०० जिल्लालाई प्रधानमन्त्री धनधान्य योजनामा समावेश गरिनेछ । यसबाट करिब १.७ करोड किसान लाभान्वित हुनेछन् । फलफूल तथा तरकारी उत्पादनका निम्ति समेत व्यवस्था गरिएको छ । यो पनि सहकारीमैत्री भएको उनीहरुको भनाइ छ । यसैगरी, सहकारीहरुलाई कम्प्यटुराइज्ड गर्न तथा सहकारी रजिष्टार कार्यालयहरुको स्तरोन्नतिमा पनि बजेटले जोड दिएको छ ।

भर्खरै
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी
सहकारीको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयकः मन्त्री अधिकारी

१४ घण्टा अगाडि

बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न
बागमती प्रदेशको दोस्रो ‘पाम’ कार्यशाला चितवनमा सम्पन्न

१६ घण्टा अगाडि

दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव
दौतरीबलिया सहकारीले मनायो १७औं वार्षिकोत्सव

२० घण्टा अगाडि

ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम
ग्लोवल मनी विक २०२५ :  साकोसका वित्तीय शिक्षा तथा सदस्य अन्तरक्रिया कार्यक्रम

२ दिन अगाडि

रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना 
रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना 

२ दिन अगाडि

भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न
भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न

२ दिन अगाडि

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ सम्पन्न
‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’ सम्पन्न

२ दिन अगाडि

तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन
तनहुँमा सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सञ्चालन

२ दिन अगाडि

लोकप्रिय
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन  
सामूहिक साकोस भक्तपुरको २५औं वार्षिक साधारणसभा सम्पन्न, राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृ...

५३३ दिन अगाडि

श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन
श्री जनज्योती साकोसको संस्थागत विकास तालिम सञ्चालन

८९० दिन अगाडि

सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी
सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी

८९३ दिन अगाडि

हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 
हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 

९१२ दिन अगाडि

सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस
सहकारी सिद्धान्तमा अब्बल बन्दै मोरङको शनिश्चरे साकोस

९२५ दिन अगाडि

बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 
बागलुङमा सदस्य संघ/संस्थाहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

९२६ दिन अगाडि

सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण
सहकारी संस्था एकीकरण प्रक्रियाका सम्बन्धमा विभागद्वारा ध्यानाकर्षण

९३२ दिन अगाडि

हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न
हाम्रो साकोसको आयोजनामा एक्सेस बागमती तेस्रो क्लष्टरको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम...

९४२ दिन अगाडि

पाठकबाट थप