काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित, नगरपालिका भित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग आगामी आ.व. ०८२/८३ को लागि नीति, कार्यक्रम तथा बजेट सम्बन्धी छलफल तथा राय परामर्शको कार्यक्रम सम्पन्न भएको छ ।
नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका सवै वडाका वडा प्रतिनिधिहरु, कार्यपालिकाका सदस्यहरु, स्थानीय सरोकारवालाहरु र नगरपालिकाको कार्यक्षेत्रभित्र सञ्चालित सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष ढकालले सहकारी भित्र आफैमा समस्या होइन, केही सहकारीका सञ्चालक र ब्यवस्थापकहरुले महत्वकांक्षी भएर संस्थाको पैसा अपचलन गरेको र सदस्यले लिएको ऋण नतिरेकाले सहकारीमा समस्या सिर्जना भएको बताउनुभयो । कतिपय स्थानीय तहले सहकारीलाई प्राथमिकता नदिएको भए पनि कागेश्वरी मनोहरा नगरपालिका सँधै नै सहकारीप्रति जिम्मेवार रहेको आफूले पाएको बताउनुभयो । उहाँले सहकारीकर्मीहरुलाई सहकारीमा समस्या छ भनेर पछाडि हट्नुको सट्टा समस्याको समाधान गर्न सक्छु भनेर प्रतिवद्धता सहित अभियानमा अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले सहकारीका सञ्चालकहरुलाई सदस्यहरुले दिएको जिम्मवारीबाट नपञ्छिन आग्रह गर्दै समस्यासँग जुधेर अगाडि बढ्न आह्वान गर्नुभयो ।
साथै उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाहरुका लागि जारी गरेको निर्देशन तथा मापदण्डमा भएका असहज विषयलाई सहजीकरण गर्न सहकारी अभियान निरन्तर लागिपरेको र मापदण्डमा भएका असहज ब्यवस्था परिमार्जन हुनेमा आवश्वत हुन आग्रह गर्नुभयो । सहकारी सदस्यको लागि भएको भन्दै अध्यक्ष ढकालले नेतृत्वले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो । सहकारी मार्फत नै सदस्यलाई समृद्ध बनाउन सकिने भन्दै उहाँले बचत लिँदा र ऋण लगानी गर्दा जोखिमलाई विश्लेषण गर्न सुझाउनुभयो ।
नगरप्रमुख कार्कीले सहकारीमार्फत उद्यमशिलता प्रवर्द्धनमा जोड दिइने बताउनुभयो । उहाँले नगरपालिकाले एक सहकारी एक उद्यम कार्यक्रमलाई प्रोत्साहन गर्न, लघु घरेलु तथा साना उद्यम विकासका कार्यक्रमहरुमा जोड्न सदस्यहरुलाई उपयुक्त सीप तथा तालिममा कार्यक्रमहरु आयोजना गरिने बताउनुभयो । साथै पालिकाभित्र सञ्चालित सहकारीहरुको अवस्था विश्लेषण, तिनको संरक्षण, विकास र प्रवर्द्धनका कामहरु गर्न पालिकाले सहजीकरण गर्ने साथै सुरक्षित सहकारी सञ्चालनमा सहकारीका पदाधिकारी एवं सञ्चालकहरु स्वयं जिम्मेवार रहनुपर्नेमा जोड दिनुभएको थियो ।
६ घण्टा अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
७ घण्टा अगाडि
३ दिन अगाडि
६ घण्टा अगाडि
२२ घण्टा अगाडि
५७५ दिन अगाडि
६६४ दिन अगाडि
६८४ दिन अगाडि
६८५ दिन अगाडि