कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सरोकारवालाहरुसँग नीति, कार्यक्रम तथा बजेट सम्बन्धी परामर्श 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सरोकारवालाहरुसँग नीति, कार्यक्रम तथा बजेट सम्बन्धी परामर्श 

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित, नगरपालिका भित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग आगामी आ.व. ०८२/८३ को लागि नीति, कार्यक्रम तथा बजेट सम्बन्धी छलफल तथा राय परामर्शको कार्यक्रम सम्पन्न भएको छ ।

नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका सवै वडाका वडा प्रतिनिधिहरु, कार्यपालिकाका सदस्यहरु, स्थानीय सरोकारवालाहरु र नगरपालिकाको कार्यक्षेत्रभित्र सञ्चालित सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष ढकालले सहकारी भित्र आफैमा समस्या होइन, केही सहकारीका सञ्चालक र ब्यवस्थापकहरुले महत्वकांक्षी भएर संस्थाको पैसा अपचलन गरेको र सदस्यले लिएको ऋण नतिरेकाले सहकारीमा समस्या सिर्जना भएको  बताउनुभयो । कतिपय स्थानीय तहले सहकारीलाई प्राथमिकता नदिएको भए पनि  कागेश्वरी मनोहरा नगरपालिका सँधै नै सहकारीप्रति जिम्मेवार रहेको आफूले पाएको बताउनुभयो । उहाँले सहकारीकर्मीहरुलाई सहकारीमा समस्या छ भनेर पछाडि हट्नुको सट्टा समस्याको समाधान गर्न सक्छु भनेर प्रतिवद्धता सहित अभियानमा अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले सहकारीका सञ्चालकहरुलाई सदस्यहरुले दिएको जिम्मवारीबाट नपञ्छिन आग्रह गर्दै समस्यासँग जुधेर अगाडि बढ्न आह्वान गर्नुभयो । 

साथै उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाहरुका लागि जारी गरेको निर्देशन तथा मापदण्डमा भएका असहज विषयलाई सहजीकरण गर्न सहकारी अभियान निरन्तर लागिपरेको र मापदण्डमा भएका असहज ब्यवस्था परिमार्जन हुनेमा आवश्वत हुन आग्रह गर्नुभयो । सहकारी सदस्यको लागि भएको भन्दै अध्यक्ष ढकालले नेतृत्वले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो । सहकारी मार्फत नै सदस्यलाई समृद्ध बनाउन सकिने भन्दै उहाँले बचत लिँदा र ऋण लगानी गर्दा जोखिमलाई विश्लेषण गर्न सुझाउनुभयो ।

नगरप्रमुख कार्कीले सहकारीमार्फत उद्यमशिलता प्रवर्द्धनमा जोड दिइने बताउनुभयो । उहाँले नगरपालिकाले एक सहकारी एक उद्यम कार्यक्रमलाई प्रोत्साहन गर्न, लघु घरेलु तथा साना उद्यम विकासका कार्यक्रमहरुमा जोड्न सदस्यहरुलाई उपयुक्त सीप तथा तालिममा कार्यक्रमहरु आयोजना गरिने बताउनुभयो । साथै पालिकाभित्र सञ्चालित सहकारीहरुको अवस्था विश्लेषण, तिनको संरक्षण, विकास र प्रवर्द्धनका कामहरु गर्न पालिकाले सहजीकरण गर्ने साथै सुरक्षित सहकारी सञ्चालनमा सहकारीका पदाधिकारी एवं सञ्चालकहरु स्वयं जिम्मेवार रहनुपर्नेमा जोड दिनुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप