एक्सेस कार्यक्रम अन्तर्गत जनकल्याण साकोसको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रम अन्तर्गत जनकल्याण साकोसको स्थलगत सुपरिवेक्षण

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुनसरीको स्थलगत सुपरिवेक्षण असोज २५ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्यले देशभरका सहकारीहरूको स्थलगत सुपरीवेक्षण कार्यलाई निरन्तररूपमा अघि बढाइरहेको छ ।

अनुगमनका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू — कर्जा, बचत, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी प्रयाप्तता अनुपात लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरिएको थियो । एक्सेस कार्यक्रममा आबद्ध रहेको प्रगति साकोसको कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, संचालन तथा सुशासन सम्बन्धी जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यावहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

सुपरिवेक्षणमा नेफ्स्कूनका तर्फबाट अधिकृत शौभाग्य भट्टराई सहभागी रहनु भएको थियो । संस्थाको तर्फबाट एक्सेस कार्यदल संयोजक अवध नारायण चौधरी, सदस्य रेखा देवी साह, व्यवस्थापक मनोज कुमार सुतिहार साथै व्यवस्थापन प्रतिनिधिहरू घनश्याम चौधरी र अनिल कुमार सुतिहारको उपस्थितिमा छलफल सम्पन्न भएको थियो । संस्थाले स्थलगत अनुगमन पश्चात, सहकारी संस्थाको सुधार गर्नुपर्ने पक्षहरूमा सुझाव प्रदान गर्दै तिनलाई कार्यान्वयन गर्ने सहमति सहित निर्णय गरिएको छ ।

भर्खरै
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५६ दिन अगाडि

पाठकबाट थप