पूर्ण सक्रिय समाज साकोसको स्थलगत सुपरिवेक्षण.. 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्ण सक्रिय समाज साकोसको स्थलगत सुपरिवेक्षण.. 

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सुर्खेतको बिरेन्द्रनगर २, कोलडाँडा, स्थित पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण असोज ३० गते सम्पन्न गरेको छ । सुपरिवेक्षण नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत गरिएको हो ।

नेफ्स्कूनले देशभरका आफ्ना सदस्य सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दीगो सञ्चालन प्रवद्र्धनका लागि नियमित रूपमा स्थलगत अनुगमन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसै क्रममा पूर्ण सक्रिय समाज साकोसमा गरिएको अनुगमनले संस्थाको विनियम, आन्तरिक कार्यविधि, कर्जा तथा बचत सेवा, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनको कार्यान्वयन स्थिति,भाखा नाघेका ऋण असुली, पूँजी प्रयाप्तता अनुपात र समग्र आर्थिक स्थिति लगायतका पक्षहरूको विस्तृत मूल्यांकन गर्दै आएको हो ।  

अनुगमनका क्रममा सहकारीको आर्थिक तथा प्रशासनिक प्रणाली, सेवा गुणस्तर, सदस्य सन्तुष्टि र जोखिम व्यवस्थापनका पक्षमा अध्ययन गर्दै कानुनी, वित्तीय, ऋण, तरलता तथा सञ्चालन र सुशासन सम्बन्धी जोखिमहरू न्यूनीकरणका लागि सुधारात्मक सुझावहरू प्रदान गरेको थियो । 

संघको तर्फबाट स्थलगत अनुगमनमा कार्यक्रम अधिकृत प्रविण अधिकारी र मदन कुमार चन्द सहभागी रहेका थिए । साकोसका अध्यक्ष शंकर बहादुर अधिकारी, उपाध्यक्ष लक्ष्मी अधिकारी, कोषाध्यक्ष भीमसेन अधिकारी, सदस्य ललिता फडेरा, प्रबन्धक लछिराम बुदा, सहायक प्रबन्धक विजय अधिकारी लगायत व्यवस्थापन टिमका अन्य कर्मचारीहरू उपस्थिति रहेको थियो । बैठकका क्रममा सहकारीको कार्यप्रणाली सुदृढ पार्ने उद्देश्यले नेफ्स्कूनद्वारा प्रस्तुत सुधारका सुझावहरूलाई कार्यान्वयन गर्ने सहमति जनाइएको छ । यस्ता अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमहरूले सहकारी संस्थाहरूमा सुशासन, पारदर्शिता र सदस्य हित प्रवद्र्धनमा सकारात्मक प्रभाव पारिरहेको साकोसले जनाएको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप