सर्लाहि स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहि स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सर्लाहि । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले माघ १६ र १७ गते नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सर्लाहिको  स्थलगत सुपरिवेक्षण माघ १७ गते सम्पन्न गरेको छ। 

संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको हो ।  

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। निरीक्षणमा संस्थाको शेयर, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधि, सुरक्षण, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो।

नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत महेश वराल, संस्थाको तर्फबाट सञ्चालक समितिका अध्यक्ष, उपाधक्ष्य, सचिव, कोषाध्यक्ष , व्यवस्थापक लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

लोकप्रिय
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

२ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१९ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

९ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

सार्दिखोला साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सार्दिखोला साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाठकबाट थप