हातेमालो साकोसमा दुई दिने स्थलगत सुपरिवेक्षण,  अनुगमन, सुशासन र प्रविधिमा जोड 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हातेमालो साकोसमा दुई दिने स्थलगत सुपरिवेक्षण,  अनुगमन, सुशासन र प्रविधिमा जोड 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. को स्थलगत सुपरिवेक्षण मंगलबार सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत जेठ ११ र १२ गते सुपरिवेक्षण गरिएको हो ।

सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि नेफ्स्कूनले विभिन्न सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको छ । सोही क्रममा दुई दिनसम्म हातेमालो साकोसमा यो कार्यक्रम सञ्चालन भएको थियो ।

सुपरिवेक्षणका क्रममा संस्थाको बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थितिको सुक्ष्म अध्ययन गरिएको थियो । सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश, समावेशी सहभागिता, संस्थाभित्र हुन सक्ने सम्भावित त्रुटि तथा आर्थिक जोखिमको विश्लेषण गर्दै व्यवस्थापकीय सुधारका लागि आवश्यक सुझावहरू समेत प्रदान गरिएको नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले साकोस आवाजलाई बताउनु भयो ।

संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिताको मूल्याङ्कन गर्नुका साथै प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्वारा गरिएको उक्त सुपरिवेक्षण कार्यक्रममा हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, व्यवस्थापक तथा व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप