हातेमालो साकोसमा दुई दिने स्थलगत सुपरिवेक्षण,  अनुगमन, सुशासन र प्रविधिमा जोड 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हातेमालो साकोसमा दुई दिने स्थलगत सुपरिवेक्षण,  अनुगमन, सुशासन र प्रविधिमा जोड 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. को स्थलगत सुपरिवेक्षण मंगलबार सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत जेठ ११ र १२ गते सुपरिवेक्षण गरिएको हो ।

सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि नेफ्स्कूनले विभिन्न सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको छ । सोही क्रममा दुई दिनसम्म हातेमालो साकोसमा यो कार्यक्रम सञ्चालन भएको थियो ।

सुपरिवेक्षणका क्रममा संस्थाको बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थितिको सुक्ष्म अध्ययन गरिएको थियो । सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश, समावेशी सहभागिता, संस्थाभित्र हुन सक्ने सम्भावित त्रुटि तथा आर्थिक जोखिमको विश्लेषण गर्दै व्यवस्थापकीय सुधारका लागि आवश्यक सुझावहरू समेत प्रदान गरिएको नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले साकोस आवाजलाई बताउनु भयो ।

संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिताको मूल्याङ्कन गर्नुका साथै प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्वारा गरिएको उक्त सुपरिवेक्षण कार्यक्रममा हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, व्यवस्थापक तथा व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप