यसरी मनाउँदैछ भारतले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यसरी मनाउँदैछ भारतले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ 

एजेन्सी । छिमेकी मित्रराष्ट्र भारतले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ भव्य रुपमा मनाउँदैछ । भारतीय गृह तथा सहकारी मन्त्री अमित शाहले हिजो महाराष्ट्रको मुम्बईमा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का लागि तय गरिएका कार्यक्रमहरु सार्वजनिक गर्नुभयो ।

भारतीय सहकारी मन्त्रालयले १२ महिनाको कार्यक्रमहरुसहितको क्यालेन्डर तय गरेको जानकारी गराउनुभयो । हिजो उक्त क्यालेन्डर विमोचनसँगै कार्यक्रमहरु लागू भएको सहकारी मन्त्री शाहले बताउनुभयो । उक्त क्यालेन्डर अनुसार वर्षभरि विभिन्न प्रवर्धनात्मक कार्यक्रमरु, सहकारी सम्मेलन, सेमिनार, गोष्ठी, प्रतियोगिताहरु आदि आयोजना गरिनेछन् । यसैगरी, सहकारी सम्बन्धी विभिन्न कार्यालयहरुको स्थापना, सहकारीसम्बन्धी श्रव्यदृश्य सामाग्रीहरुको उत्पादन तथा प्रचारप्रसार आदि गरिने मन्त्री शाहले उल्लेख गर्नुभयो ।

यो एक वर्षको कार्यक्रमले भारतीय सहकारी अभियानलाई थप उचाइमा पुर्याउने विश्वास सहकारी मन्त्री अमित शाहले व्यक्त गर्नुभयो । सहकारी क्षेत्रको विस्तार, पहुँचको वृद्धि, कारोबारको वृद्धि, पारदर्शिता वृद्धि जस्ता विषयमा वर्षभरिका कार्यक्रमले जोड दिएको उहाँले जानकारी गराउनुभयो ।

३१ डिसेम्बर २०२५ भित्र भारतीय सहकारी अभियान समान समावेशी रुपमा विकसित हुने दाबी प्रस्तुत गर्नुभयो । उहाँले सहकारीहरुबीच सहकार्यलाई जोड दिइने बताउँदै सबै कार्यक्रमहरुमा उत्साहपूर्ण सहभागिताको लागि आग्रह समेत गर्नुभयो ।

स्मरणीय छ, सन् २०२४ नोभेम्बर २५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक भव्य समारोहबीच अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को विधिवत शुभारम्भ भएको थियो । 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

९ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप