दाङमा नियमित निरीक्षण अनुगमन (स्क्यान) अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा नियमित निरीक्षण अनुगमन (स्क्यान) अभिमुखीकरण सम्पन्न

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय, घोराही, दाङको आयोजनामा नियमित निरीक्षण अनुगमन (स्क्यान) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमको सहजीकरण गर्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघ÷संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न, स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेशन तथा कब्र्स गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वःनियमन सक्षमता विकासको लागि नयाँ परिमार्जन कार्यक्रम -SCAN) सञ्चालनमा ल्याएको विषयमा सहजीकरण गर्दै नेफ्स्कूनको सञ्चालक समितिमा निर्णय समेत भई सकेको विषयमा जानकारी गराउनु भयो । जसरी मानिसले स्वास्थ्य अवस्थाको बारेमा चेकजाँच गराउनका लागि ल्यावमा गएर विभिन्न जाँच गराएर स्वास्थ्यको अवस्थाका बारेमा जानकारी लिन्छ ठीक त्यसै गरी स्क्यान कार्यक्रमले संस्थाको अवस्थाका बारेमा नियमित निरीक्षण अनुगमन गरी संस्थाको अवस्थाको विभिन्न सूचकहरुको आधारमा चेकजाँच गरी संस्था कुन अवस्थामा रहेको छ सो विषयमा जानकारी गराउने कुरा बताउनु भयो । कार्यक्रममा संस्थाको वासलातको आधारमा शुल्क निर्धारण हुने र निरीक्षण हुने विषयमा जानकारी गराउनु भएको थियो । 

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सहकारीका समसामयिक बिषयबस्तु, सहकारी नियमन प्राधिकरणमा संस्था दर्ता गर्नुपर्ने बिषय, प्रक्रियाका बारेमा साथै संशोधिन सहकारी ऐन, नियमावली, नियामक निकायबाट जारी भएका मापदण्ड, निर्देशन बमोजिम चल्नुपर्ने विषयमा जानकारी लिई संस्था सञ्चालन गर्ने विषयमा जानकारी गराउँदै कार्यक्रममा सहभागि साकोसका व्यवस्थापक र अध्यक्षहरुबाट उठेका जिज्ञासा र प्रश्नहरुको विषयमा सम्बोधन गर्दै सकारात्मक सुझावहरुका लागि विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

कार्यक्रममा उपस्थित दाङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिमल अधिकारीले नेफ्स्कूनले सञ्चालनमा ल्याउन लागेको स्क्यान कार्यक्रमको बारेमा रोगलागेपछि अस्पताल जानुभन्दा रोग लाग्नु भन्दा पहिला नै समय समयमै चेकजाँच गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएजस्तै संस्था बिग्रीसकेपछि पश्चाताप गर्नु भन्दा पहिले नै संस्थाको समय समयमा वित्तिय अवस्थाको चेकजाँच गरी जोखिम पहिचान गर्नु प्रभावकारी रहने बताउनु भयो ।  

कार्यक्रममा विभिन्न साकोसहरुका अध्यक्ष, साकोसका प्रतिनिधी, व्यवस्थापक, नेफ्स्कून प्राचार्य बल्लभ तिमल्सिना, कर्मचारीहरु गरी जम्मा ५९ जनाको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप