कार्यक्रम
गोरखामा सहकारीहरुका लागि सुरक्षित ऋण लगानी तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न
गोरखा । नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालयको आयोजनामा सहकारी संघ संस्थाहरुका लागि दुई दिवसिय सुरक्षित ऋण लगानी तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । वैशाख २६ र २७ गते दुई दिन गोरखामा सञ्चालित तालिममा विभिन्न १९ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट २० जनाको सहभागिता रहेको थियो ।
तालिममा सुरक्षित ऋण लगानी गर्दा अपनाउनुप...