अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे का अवसरमा अकूद्वारा भर्चुअल वेविनार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे का अवसरमा अकूद्वारा भर्चुअल वेविनार

काठमाडौं । आज (२०२२ अक्टोवर २०) अक्टोबर महिनाको तेस्रो बिहीबार ७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (ICU Day) विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाईयो ।

“EMPOWER YOUR FINANCIAL FUTURE WITH A CREDIT UNION” अर्थात ‘क्रेडिट युनियनमार्फत सदस्यको वित्तीय भविष्य सशक्तिकरण गर्नुहोस्’ भन्ने यस बर्षको नारा तय गरिएको थियो । यसै विषयमा एशियाली ऋण महासंघ (अकू) ले भर्चुअल वेविनार सञ्चालन गरेको थियो । 

एशियाली मुलुकका क्रेडिट युनियनमा आवद्ध क्रेडिटयुनियनकर्मीहरुको उल्लेख्य सहभागिता रहेको वेविनारमा एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भिस्यान रोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहित कर्मचारी तथा नेपालको बचत तथा ऋण सहकारी अभियानका अभियानकर्मीहरु सहभागी हुनुभएको थियो । 

कार्यक्रममा प्रस्तुत कार्यपत्रमार्फत सन् १८०० को बीचबाट बचत ऋण सहकारीका पिता एफ् डब्लु राइफाइसनले ल्याउनुभएको धनी हुने दुई उपायमध्ये बचत र परिश्रम मुख्य उपाय रहेको र ती उपायहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइएको थियो । मानिसको जीवनमा नसोचेका घटनाहरु जुनसुकै बेला पनि घट्न सक्छन् । कोभिड १९ महामारीको पोष्ट इफेक्टको रुपमा मानिसहरुको आयस्तर घटेको र विश्वव्यापी रुपमा अर्थतन्त्रमा गिरावट आएको छ । यसबाट विशेष गरी कमजोर वर्ग, आर्थिक रुपले विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउन एकमात्र उद्देश्य बचत तथा ऋण सहकारी संस्थाहरुले काम गर्नुपर्ने कार्यक्रममार्फत प्रष्ट पारिएको थियो । 

त्यसैगरि एशियाली ऋण महासंघको आयोजनामा सम्पन्न अकू फोरम २०२२ ले जारी गरेको दश बुँदे ‘बैंकक डिक्लरेसन’ को बुँदा नम्बर ४ मा उल्लेख गरिएको वित्तीय साक्षरताको ज्ञान सीपलाई व्यवहारमा उतार्न सक्ने गरि ‘फाइनान्सियल वेलनेस’ का लागि सबै सहकारीहरुले  काम गर्नुपर्ने ऐक्यबद्धता जाहेर भएको थियो । यसै बुँदालाई लिएर एशियाली ऋण महासंघले A Guide to Building Wealth- Credit Union Business Solutions No. 28,   जुन प्रोडक्ट आज अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवसको अवसर पारेर लन्च गरिएको थियो । सदस्यहरुलाई वित्तीय साक्षरता तालिम शिक्षाको लागि एशियाली ऋण महासंघले तयार गरेको 360 Degrees Financial Literacy -Credit Union Business Solution No. 16 र सो को नेपाली अनुवाद रुप नेफ्स्कूनले सदस्य संस्थाहरुलाई उपलब्ध गराएको छ ।  

वेविनारमा क्रेटिट युनियन का सफल अभ्यासहरु पनि प्रस्तुत गरिएको थियो । किसान साकोस, गैडाकोटका प्रमुख कार्यकारी अधिकृत गणेश शर्माले असल अभ्यासहरुको शेयर गर्दै २२ हजार भन्दा बढी सदस्यले संस्थामा आकस्मिकताका लागि आकस्मिक कोष बचत नियमित गरिरहेको बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी साकोस, काठमाण्डौबाट सदस्यहरुमा आएको रुपान्तरणको बारेमा भिडियो प्रस्तुती समेत रहेको थियो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप