समाचार
‘सहकारीमा ऋण लगानी प्रक्रियालाई प्रभावकारी र सुरक्षित बनाउनुपर्छ’
रुपन्देही । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा संघमा आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण जोखिम व्यवस्थापन तालिम आजबाट बुटवलमा शुरु भएको छ । फागुन १८ र १९ गते सञ्चालन हुने दुई दिवसीय उक्त तालिमको उद्घाटन नेफ्स्कूनकी सञ्चालक एवं रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालले गर्नुभएको छ । ...