समाचार
जिल्ला बचत संघ मकवानपुरको अध्यक्षमा पुनः कल्पना श्रेष्ठ
हेटौंडा । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अध्यक्षमा कल्पना श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । श्रेष्ठले ७९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गर्नुभयो ।...