समाचार
एक्सेस कार्यक्रम अन्तर्गत बागमती पहिलो समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, काभ्रेपलाञ्चोकको आयोजनामा एक्सेस कार्यक्रम बागमती पहिलो समूहको २५ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM Workshop) भाद्र २३ गते बनेपामा सम्पन्न भएको छ ।
कार्यशालामा काभ्रेपलाञ्चोक, भक्तपुर, दोलखा र रामेछाप जिल्लाका ९ वटा संस्थाहरुको उपस्थिति थियो । ...