समाचार
भक्तपुरको भाषासेवी माष्टर जगतसुन्दर साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिका कोलांछेमा रहेको भाषासेवी माष्टर जगतसुन्दर बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष न्हुछे राम धुख्वाको अध्यक्षतामा आयोजित सधारणसभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प...